Rule 49
बन पैदावारको बिक्री वितरण र अनुमतिपत्र
(१) सामुदायिक वन उपभोक्ता समूहले नियम ४८ बमोजिम सङकलन गरी घाटगद्दी स्थलमा जम्मा भएको काठ, दाउरा: नापजाँच गरी आन्तरिक खपत प्रयोजनका लागि आफ्नो /समूहको सदस्यलाई बिक्री वितरण गर्दा अनुसूची-२७ बमोजिमको. ढाँचामा तीन प्रति रसिद बनाई एक प्रति खरिद गर्ने .व्यक्तिलाई र एक प्रति सम्बन्धित सब डिभिजन वन कार्यालयलाई दिई बाँकी एक प्रति समूहको कार्यालयमा राख्नु पर्नेछ।

(२) सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दी स्थलमा जम्मा भएको काठ, दाउरा उपनियम (१) बमोजिम समूहभित्र बिक्री वितरण गरी बाँकी रहेको काठ, दाउरा मध्ये नियम २२ को उपनियम, (४) बमोजिम जिल्ला वन पैदावार आपूर्ति समितिको लांगि- छुट्याई बाँकी रहेको काठ, दाउरा त्यस्तो उपभोक्ता समूहको साधारण सभाले निर्णय गरी डिभिजनल वन अधिकृतको: सहमतिमा नियम २५ बमोजिम समूह बाहिर लिलाम बिक्री गर्न सक्नेछ।

(३) सामुदायिक वन उपभोक्ता समूहले काठ, दाउरा, जडीबुटी; तथा अन्य वन पैदावार आफ्नो समूह बाहिर बिक्री वितरण गर्दा अनुसूची-२७ बमोजिमको ढाँचामा तीन प्रति रसिद काट्नु पर्नेछ।

(४) सामुदायिक वन उपभोक्ता समूहले आफ्नो उपभोक्ता समूह वा समूहका सदस्यले एकल वा सामूहिक रुपमा आफैँले स्थापना र सञ्चालन गरेको वन सम्बन्धी लघु उद्यमका लागि अनुसूची-६, अनुसूची-७ र अनुसूची-८ बमोजिमको मूल्य र सङ्कलन खर्चमा नघट्ने गरी सामुदायिक वनको वन पैदावार उपलब्ध गराउन सक्नेछ।

(५) सामुदायिक वन उपभोक्ता समूहले स्वीकृत कार्ययोजनामा उल्लेख गरी गरिबीको रेखामुनि रहेका वा प्राकृतिक विपद्मा परेका उपभोक्तालाई सहुलियत दरमा वा निःशुल्क काठ, दाउरा उपलब्ध गराउन र अन्य सहुलियत प्रदान गर्न सक्नेछ।

(६) सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार बिक्री वितरण गरेका रसिद सुरक्षित रुपमा राख्नु पर्नेछ।

(७) सामुदायिक वन उपभोक्ता समूहभन्दा बाहिर व्यापारिक वा व्यावसायिक प्रयोजनका लागि बिक्री गरेको सामुदायिक वनको काठ, दाउरा ओसारपसार गर्दा सकारकर्ता वा खरिदकर्ताले डिभिजन वन, कार्यालयको सहमति लिई डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको संयुक्त टाँचा लगाई त्यस्तो उपभोक्ता समूहबाट अनुसूची-२८ बमोजिमको ढाँचामा ओसारपसार अनुमतिपत्र लिई ओसारपसार गर्नु पर्नेछ।

(८) सामुदायिक वनको स्वीकृत कार्ययोजना बमोजिम प्राप्त हुने काठ, दाउरा बाहेकका वन पैदावार सामुदायिक वन उपभोक्ता समूह भन्दा बाहिर बिक्री गरी ओसारपसार गर्दा डिभिजन वन कार्यालयको सहमति लिई त्यस्तो उपभोक्ता समूहको अध्यक्षले अनुसूची-२८ बमोजिमको ढाँचामा ओसारपसार अनुमतिपत्र दिनु पर्नेछ।

(९) सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार उत्पादन र बिक्री वितरणको अद्यावधिक विवरण आफ्नो कार्यालयमा व्यवस्थित रुपमा राखी त्रैमासिक रुपमा सब डिभिजन वन कार्यालय मार्फत डिभिजन वन कार्यालयमा पेस गर्नु पर्नेछ।